ठूलो मात्रामा गाँजा ल्याउने नेगी सहित ७ जना पक्राउ

| 2023 Aug 07 | 05:35 pm 2181

बारा, साउन २२ । जितपुरसिमरा उपमहानगहरपालिका-२२ स्थित २ नम्बर जंगलबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५७ केजीसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१ बस्ने ३९ वर्षीय रोशन नेगी सहित  ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुरको भैसेबाट बा.११ च ४९९२ नम्बरको स्कारपियोमा ६ वटा पोका गाँजा ल्याएको विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले उक्त गाँजा र स्कारपियोसहित पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका नेगी सँग सोधपुछ र अनुसन्धानको क्रममा गाँजा ओसारपसारमा संलग्न अन्य ४ जना भारतीय नागरिक र २ जना नेपाली नागरिकलाई बीआर ०५ जी ८६५६ नम्बरको भारतीय पिकअप र बीआर ०५ ए जेड ८९६१ नम्बरको भारतीय मोटरसाइकलसहित नियन्त्रणमा लिइएको कुरा समेत प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.