‘ठूलो माछा’ देखाउँदै अख्तियार अगाडि प्रदर्शन गर्ने विवेकशीलका ३० कार्यकर्ता पक्राउ

| 2019 Feb 20 | 03:49 pm 1946

काठमाडौं,  फागुन  ८ : भ्रष्टाचारको बिरोधमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका विवेकशील साझाका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

भ्रष्टाचारमा अख्तियारकै आयुक्तसमेत संलग्न रहेको बाहिरिएपछि सर्वत्र आलोचना भइरहेका बेला विवेकशील साझाले अख्तियारकै कार्यालय अगाडि सांकेतिक रुपमा ‘ठूलो माछा’ देखाउँदै प्रदर्शन गरेको हो ।

प्रदर्शनमा उत्रिएका विवेकशील साझाका प्रदेश ३ संयोजक समीक्षा बाँस्कोटा सहित ३० जना नेता कार्यकर्ता पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडी प्रदर्शन गरिरहेका बेला विवेकशील साझाका नेता, कार्यकर्तालाई प्रक्राउ गरिएको हो ।

विवेकशील साझा पार्टीले प्रदेश ३ को भ्रष्टाचार विरोधि अभियान अन्तर्गत ‘साना मात्र होइन ठूला माछा पनि समाउ’ ‘अख्तियारको बल्छी, साना माछा मात्रै पर्ने’ भन्ने नारा सहित अख्तियारको गेट अगाडि प्रदर्शन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.