ठमेलको कल सेन्टरबाट ४ चिनियाँ पक्राउ

| 2022 Jul 27 | 09:00 pm 1585

काठमाडौं, साउन ११ः कल सेन्टरको ठगी धन्दाको बिगबिगी चलिरहेको बेला प्रहरीले बुधबार ठमेलको कल सेन्टरमा प्रहरीले छापा हानेको छ । प्रहरीले ज्याठास्थित कल सेन्टरमा छापा मार्दा ४ जना चिनियाँलाई पनि पक्राउ गरेको छ ।

प्रहरीका अनुसार कल सेन्टरबाट प्रहरीले ४७२ थान मोबाइल र २६ थान ल्यापटप बरामद पनि गरेको छ । यसअघि प्रहरीले बुटवलमा पनि छापा मारेर कल सेन्टर सञ्चालकसहित डेढ सय युवायुवतीलाई पक्राउ गरेको थियो ।

त्यसपछि साउन ९ गते तिनकुनेस्थित स्काई वर्ल्ड सर्भिस प्रालिमा छापा मारेर १ जना चिनियाँसहित ३६ जनालाई पक्राउ गरेको थियो ।

कल सेन्टरका नाममा चिनियाँ नागरिकले अवैध धन्दा चलाउदै आएको अनुसन्धानमा खुलेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.