ठगीको आरोपमा फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2018 Dec 25 | 03:20 pm 2218

काठमाडौं, पुस १० :  वैदेशिक रोजगारीमा पठाइदिने भनि पैसा लिएको आरोपमा मुद्दा फैसला भई फरार रहेका एक जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मनाङ् जिल्ला धारापानी गाविस वडा नम्बर–३ का उमेश पुन भन्ने राजेश कुमार थापा रहेका छन् । उनलाई वैदेशिक रोजगार कसूर सम्बन्धि दुईवटा मुद्दाहरुमा वैदेशिक रोजगार न्यायाधिकरणको २०७४ असोज ३० गतेको फैसलाले ३ बर्ष कैद र तीन लाख जरीवाना ठहर गरेको थियो ।

फैसला पश्चात् फरार रहेका अभियुक्त थापालाई ब्यूरोको टोलीले २०७५ पुस ८ गते बेलुका काठमाडौंको बानीयाटारबाट पक्राउ गरीएको छ । फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको र अदालतमा पेश गरीएका अभियुक्त राजेश कुमार थापालाई अदालतको आदेशले कैद भुक्तानको लागि २०७५ पुस ९ गते नै केन्द्रीय कारागार सुन्धारामा पठाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.