ठगीको आरोपमा अर्जुन क्षत्री जेल चलान

| 2020 Aug 07 | 08:03 pm 2158

काठमाडौं, साउन २३ः ठगीको आरोपमा प्रहरी नियन्त्रणमा परेका अर्जुन क्षत्री सहित ४ जना पूर्पक्षका लागि जेल चलान भएका छन् ।

जिल्ला अदालत, काठमाडौंको आदेशले आफूलाई ज्योतिष बताउने क्षत्रीसँगै, जगदिश खड्का, राजेन्द्र कुमार श्रेष्ठ र शम्भु कुमार रेग्मीलाई पूर्पक्षको लागि जेल चलानको आदेश दिएको हो ।

ज्योतिष क्षत्रीसँगै प्रहरी नियन्त्रणमा परेका राजेश गुरुङ, शंकर खड्का, श्याम सिंह थापा र विजय रावल जनही एक एक लाख र विवेक देवकोटा ५० हजार धरौटीमा रिहा भएका पनि जानकारी दिइएको छ ।

गैर कानूनी लाभ लिएको आरोपमा गत असार २६ गते क्षत्रीसहित नौ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले पक्राउ गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.