ठगी मुद्दामा सहकारीका पूर्व ‘सीइओ’लाई सवा २ करोड र साँढे २ बर्षको जेल सजाय

रिपोर्ट नेपाल | 2018 Jun 08 | 04:43 pm 3692

लमजुङ जेष्ठ २५ : ठगी मुद्दामा सहकारीका संस्थाका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीइओ)लाई सवा २ करोड जरिवाना र साँढे २ बर्षको जेल सजाय सुनाएको छ । लमजुङ प्रतिष्ठित कृषक जागरण बचत तथा ऋण सहकारी संस्थाका सीइओ रामबहादुर बस्नेतलाई लमजुङ जिल्ला अदालतले उक्त सजया सुनाएको हो ।

गत बैशाख ३० गते अन्तिम बहस भएपछिको लिखित बहस नोटका आधारमा न्यायाधीश आचार्यको इजलासले बिहीबार बस्नेतबिरुद्धको मुद्दा फैसला गरेको हो।
बस्नेतलाई करिब २ वर्षदेखिको ठगी मुद्दा फैसला गर्दै जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले बस्नेतलाई २ करोड १७ लाख ९३ हजार ४ सय ८१ रुपैया ३८ पैंसा सहकारी संस्थालाई बिगो भराउन आदेश दिँदै विगो बराबरको रकम जरिवाना तोकेको छ।

कृषक जागरणको कार्यकारी प्रमुख पदमा रहँदा बस्नेत दम्पतीले ३ करोड ९५ लाख हिनामिना गरेको भन्दै बिगो असुल उपरसहित कारबाहीको माग गर्दै कृषक जागरण बचत तथा ऋण सहकारी संस्थाको संचालक समितिले प्रहरीमा २०७३ बैशाख २४ गते निवेदन दिएको थियो। अदालतमा भने असार ५ गते मुद्दा दर्ता भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.