काठमाडाैं, भदाै १३ । बुटवलका सुन व्यापारी किसन विकसँग घुस लिएको अभियोगमा प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयद्वारा वर्खास्त गरिएका तत्कालिन इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी नायब उपरीक्षक ठग बहादुर केसी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनलाई बुधवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।
आयोगका अनुसार तत्कालिन प्रहरी नायब उपरीक्षक केसीले बुटवल उप–महानगरपालिका अन्तर्गत हाटबजार नजिकबाट सेवाग्राहीको सुन लिई फिर्ता गर्नको लागि रकम माग गरेका थिए उनको उक्त कृयाकलापका विरुद्ध उजुरी परेपछि निवासबाट नगदसहित सुन बरामद भएको थियो ।
उनीविरुद्ध कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।