ट्र्याक्टरले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

रिपोर्ट नेपाल | 2021 Mar 19 | 01:55 pm 1641

चितवन, चैत ६ः शुक्रबार बिहान पूर्वी चितवनको कालिका नगरपालिकामा ट्र्याक्टरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।   मृत्यु हुनेमा कालिका नगरपालिका–८ भोर्लाघारीका २८ वर्षीया गङ्गा मगर रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जुटपानीबाट शक्तिखोरतर्फ जाँदै गरेको नम्बर प्लेट नराखिएको ट्र्याक्टरले सोही दिशातर्फ जाँदै गरेको ना२१प ३७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी मगरको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

स्कुटरलाई ठक्कर दिने ट्र्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.