ट्रेड टावर लिमिटेडको १३औं बार्षिक साधारण सभा सम्पन्न

| 2022 Dec 14 | 03:35 pm 1153

काठमाडौं, मंसिर २८ः ट्रेड टावर लिमिटेडको १३औं बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सो टावरका अध्यक्ष श्री शिवहरी दंगालको अध्यक्षतामा सम्पन्न सभाले कम्पनीको प्रबन्धापत्र, नियमावलीको संशोधन, कर्जा सापटी लिने तथा अन्य कम्पनीसँग मर्जर गर्ने अधिकार संचालक समितिलाई दिने, पिपुल्स इन्भेष्टमेन्ट कम्पनीसँगको मर्जर प्रकृया रद्ध गर्ने, हाल कायम रहेको ३ लाख कित्ताको तीन करोड बराबरको हकप्रद शेयर निष्काशन गर्ने आदि महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको समाचार छ ।

No description available.

कम्पनीको अध्यक्ष श्री दंगालले पानसमा बत्ती बाली सभाको शुभारम्भ गर्नुभएको थियो । उद्घाटन मन्तव्य व्यक्त गर्दै श्री दंगालले भन्नुभयो– बिक्रम सम्वत २०६७ सालमा स्थापित यस कम्पनीले सफलता पूर्वक आफ्नो १३औं वर्ष पूरा गरेकोमा हामी सबै गौरवान्वित भएका छौं । यसमा संचालकहरुको अटुट सहकार्यका कारण कम्पनी यस अवस्थामा आईपुगेको छ र आगामी दिनमा अझ मजबुत हुनेछ भन्ने कुरामा पनि म विश्वस्त रहेको छु । यस कम्पनीले विगतमा संचालन गरेको ट्रेड टावर नेपालको भवन तथा जनता आवास परियोजना विकास गरी कम्पनीको उद्देश्य बमोजिम सफलतापूर्व सम्पन्न भई सकेको अवस्थामा छुटपुट मर्मत लगायतको कार्य यस वर्षमा सम्पन्न भए पछि जनता आवास जनतालाई नै हस्तान्तरण भई सकेको छ भन्ने कुरा सुनाउन पाउँदा सन्तोष लागि रहेको छ । समय सापेक्ष तवरले कम्पनीको सुसञ्चालनमा व्यवस्थापकीय तथा सुप्रबन्धको काममा सबै शेयरधनी तथा संचालकज्यूहरुले गर्नु भएको सहयोगबाट नै ट्रेड टावर भवनलाई भाडा तथा लीजमा लगाई आय आर्जन गरेको मुनाफाबाट विगतमा नगद लाभांश उपलब्ध गराउन सफल भएका छौं । यस कम्पनीले हिजोका दिनमा कम्पनीको सम्पूर्ण ऋण चुक्ता भइसकेको र कम्पनीमा लगानी गर्ने शेयर महानुभावहरुको लगानीको शत प्रतिशत रकम लाभांश मार्फत विगत वर्षहरुमा नै प्राप्त गरिसक्नु भएको कुरा जानकारी गराउन पाउँदा असाध्यै खुशी महसुस भइरहेको छ ।

No description available.

उहाँले अगाडी भन्नुभयो – यस कम्पनीले आगामी दिनमा गर्ने नयाँ योजना तथा कार्यको तयारी गर्दै हामीले आफ्नो वाञ्छित लक्ष्य पूरा गर्न अझ पनि सहज नभएको विभिन्न कारणहरुको बिश्लेषण गर्न जरुरी छ । विभिन्न अवरोधका बावजुद पनि यस कम्पनीले गौशाला स्थित नयाँ भवनको निर्माण कार्य ४६ प्रतिशत जति पूरा भएको र पुँजीको अभाव समेतका कारणले अन्य क्षेत्र तथा आयोजनामा कार्य गर्न नसकिएको कुरा निवेदन गर्दछु । पुँजीको अभावलाई पूरा गर्नका लागि धितोपत्र बोर्डमा कम्पनीलाई समावेस गर्ने रणनिति अन्तरगत काम भईरहको छ । धितोपत्र बोर्डबाट यस कम्पनीको शेयर स्वीकृत भईसकेपछि पुँजीको अभाव हट्ने छ भन्ने विश्वास लिएको छु । यसका लागि हर समय प्रयास जारी रहेको छ ।

No description available.

सो समारोहमा लेखा परीक्षक श्री सुमित गौतमले चालु आर्थिक वर्षको वासलात तथा आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो भने इन्जिनियर श्री आकार अर्यालले नव निर्माणाधिन नौ तले ट्रेडटावर गौशालाको प्रगती विवरण बारे जानकारी गराउनुभएको थियो । हाल कम्पनीको तर्फबाट गौशाला परिसरमा चार तारे होटल र सपिङ सेन्टरको निर्माण कार्य करिब ५० प्रतिशत सम्पन्न भई सकेको पनि उहाँले जानकारी गराउनुभयो ।

समारोहमा अध्यक्ष श्री दंगालका अतिरिक्त संचालकहरु श्री नवराज विष्ट, सुष्मा लम्साल, सतिस न्यौपाने र भरतराज कोइराला एवम् कानुनी सल्लाहकार श्री केदार प्याकुरेल तथा शेयर धनीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन श्री विवेक महर्जनले गर्नुभएको थियो ।

उक्त समारोह सम्पन्न गर्नमा प्राविधिक तथा व्यवस्थापन कार्यमा श्री सौगात दंगालको भूमिका प्रभावकारी रहेको थियो ।

निर्माणाधिन गाैशाला ट्रेड टावर

No description available.

समाचारदाता तुल मगरबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.