ट्रिटनमा ‘सोसियल वर्क मेला’ हुँदै

रिपोर्ट नेपाल | 2018 Sep 30 | 09:51 am 2093

काठमाडौं : ट्रिटन इन्टरनेशनल कलेजको आयोजनामा असोज १६ गतेदेखि १८ गतेसम्म तीन दिने सोसियल वर्क मेला हुँदैछ।

ट्रिटन कलेजमा आयोजित मेलामा विभिन्न कलेजमा सोसियल वर्क अध्ययन गरिरहेका विद्यार्थी, शिक्षक, स्थानीय समुदाय, सामाजिक संघ संस्थाहरुको सहभागतिा रहने छ । मेलाको उद्घाटन तीन नम्बर प्रदेश प्रमुख तथा वरिष्ठ समाजसेवा अनुराधा कोइरालाले गर्न कार्यक्रम छ।

बलात्कारको सिकार भएका महिलाहरुको शसक्तीकरणका लागि सहयोग गर्ने उद्देश्यले आयोजित यो मेलामा वर्कसप, फुड स्टल, नृत्य, नाटक, गितलगायतक विविध रचनात्मक कार्यक्रमहरु समावेश गरिएका छन् ।

मेलामा माइती नेपाल, रेडक्रस, सोच, क्रियशनलगायतका सामाजिक संस्थाहरुको जानकारीमूलक स्टलहरु राख्दैछन् । मेलामा खानासँगै रमाइलोका लागि इन्डोर गेम, फनका विभिन्न आइटमहरु पनि समावेश गरिएका छन् ।

मेलामा पाँच सयभन्दा बढीको सहभागिता हुने अनुमान गरिएको छ। सोसियल वर्क मेला पहिलोपटक आयोजना हुन लागेको हो । अब वर्षेनी यस्तो मेला आयोजना गरिने कलेजले जनाएको छ।

सोसियल वर्क पढेका विद्यार्थीहरुलाई समाजिक समस्या र मुद्दाहरुमा थप प्रभावकारी रुपमा अध्ययन तथा अनुसन्धान गर्न यस्तो मेलाबाट सहयोग पुग्ने कलेजका प्रिन्सिपल डा.बिहारी विनोद पोखरेलले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.