ट्राफिक प्रहरीको तलब ४० प्रतिशतले बढ्यो

रिपोर्ट नेपाल | 2019 Apr 19 | 08:38 am 4003

काठमाडौं, वैशाख ६ : सरकारले ४० प्रतिशतले प्रोत्साहन भत्ता वृद्धि गरेसँगै ट्राफिक प्रहरी जवान र हवल्दारको तलब भत्ता ३० हजार पुगेको छ।

ट्राफिक प्रहरी जवानले पाइरहेको तलब स्केल १७ हजार ३ सय र हवल्दारको १८ हजार २ सय रहेको छ भने राशनस्वरुप पाँच हजार २ सय ५० प्राप्त हुन्छ। अवको तलबमा ४० प्रतिशतल प्रोत्साहन भत्ता (करिब सात हजार) जोड्दा ३० हजार पुग्ने भएको छ ।

धुवाँधुलो तथा घामपानीको सामना गर्दै सडकमा खट्ने ट्राफिक प्रहरीको स्वास्थ्य सुरक्षा र सुविधाका लागि ‘ट्राफिक प्रहरी प्रोत्साहन भत्ता निर्देशिका–२०७५’ निर्माण भएको हो।

बिहिबार मन्त्रिपरिषदबाट पारित निर्देशिका सरकारले सार्वजनिक गरेपछि ट्राफिक प्रहरी जवान र हवल्दारको प्रोत्साहन भत्ता ४० प्रतिशत असई र सइईको २० प्रतिशत र इन्सपेक्टर र डिएसपीको भत्ता १० प्रतिशतले वृद्धि गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.