ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा  एक दम्पतीकाे मृत्यु

रिपोर्ट नेपाल | 2020 Nov 08 | 01:45 pm 2562

बर्दिया, कात्तिक २३ः गएराति बर्दियाकाे नेपालगञ्ज गुलरीया सडक खण्ड अन्तगर्त पर्ने बढैयाताल- ७, पचासामा ट्रयाक्टर र मोटरसाइकल एक आपसका ठोक्किँदा  एक दम्पतीकाे मृत्यु भएको छ । मृत्यु हुनेमा पचासा निवासी २५ वर्षीय अर्जुन रिमाल र उनकी श्रीमती २३ वर्षीया ललिता रिमाल रहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका अनुसार नेपालगञ्ज बाट गुलरियातर्फ जाँदै गरेको भे ३ प ७८७० नम्वरको मोटरसाइकल र काठ लिएर विपरीत दिशाबाट जाँदै गरेको भे १ त ५०९९ नम्वरको ट्रयाक्टर एक आपसमा ठोक्किएको हो ।

उक्त दुर्घटनामा गम्भिर घाईते रिमाल दम्पतिको उपचारको लागि नेपालगन्ज पठाइएपनि उनीहरूकाे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त ट्रयाक्टर र ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.