ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

रिपोर्ट नेपाल | 2019 Sep 03 | 11:00 am 2390

दाङ, भदौ १७ : दाङको देउखुरीमा सोमबार राति ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही भालुबाङ सडकखण्डको पिपरीमा मोटरसाइकल एक आपसमा ठोक्किँए लगत्तै ट्रकले ठक्कर दिँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । लु १९ प ५५०६ र रा ३ प २०६१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किए लगत्तै पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ६७७४ नम्बरको ट्रकले ठक्कर दिँदा रा ३ प २०६१ नम्बरको मोटरसाइकलमा रहेका घोराही उपमहानगरपालिका–१५ निवासी २६ वर्षीय बालकृष्ण भण्डारी र लमही नगरपालिका– ४ निवासी २७ वर्षीय विनायक चौधरीको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएपछि दुवै जनालाई उपचारका लागि अस्पताल लगिएको थियो । अस्पताल र्पुयाएलगत्तै उनीहरुको ज्यान गएको हो ।

त्यस्तै, दुर्घटनामा परी लु १९ प ५५०६ नम्बरको मोटरसाइकलमा सवार राप्ती गाउँपालिका –८ बिजौरीका २८ वर्षीय दिपक मरासिनी गम्भीर घाइते भएका छन् । घाइतेको थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.