ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

रिपोर्ट नेपाल | 2019 Jun 22 | 09:46 pm 1933

  • महेश सिंह महतो

सिरहा, असार ७:  पूर्व–पश्चिम राजमार्ग अन्तरगत सिरहाको गोलबजार नगरपालिका ८ स्थित ट्रकको ठक्करबाट एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।

पश्चिमबाट पूर्व गइरहेको ना ४ ख ९८९७ नम्बरको ट्रकले सोही दिशामा गइरहेको पैदलयात्री नरहा गाउँपालिका–१ तिलासीका ३५ वर्षीय विक्रम उडाउँलाई शनिबार ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।

विपरित दिशाबाट आएको टिपरले साइड नदिँदा आफ्नो गाडी नियन्त्रण हुन नसकी दुर्घटना भएको ड्राइभरले बताएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर नविन घिमिरेले जानकारी दिए ।

ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.