ट्रक पल्टि भ्यानलाई किच्दा दुई जनाको मृत्यु

| 2019 Apr 05 | 01:38 pm 2436

ललितपुर, चैत्र २२ : जनकशिक्षा सामग्री केन्द्रको ट्रकले तरकारी बोक्ने भ्यानलाई किच्दा दुई जनाको ज्यान गएको छ ।

शुक्रबार करिब १२ बजे तिर ना १ घ ५३३ नम्बरको ट्रकले बा ७ च २१३१ नम्बर भ्यानलाई किच्दा भ्यानलाई किच्दा भ्यानमा सवार दुई जनाको मृत्यु भएको भने एक जना घाइते भएको महानगरीय प्रहरी परिसर जावलाखेलले जानकारी दिए ।

ललितपुरमा जनक शिक्षाको ट्रकले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु (तस्बिरसहित)

उक्त दुर्घटनामा परी घाइते भएका दोलखा ठूलोपाखरका भ्यान चालक ४० वर्षका इन्द्रबहादुर सुनार र धनुषाकी ४० वर्षकी डोल्मा शेर्पाको उपचारको क्रममा जावलाखेलस्थित अल्का अस्पतालमा मृत्यु भएको प्रहरीले जनाए ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार बाटो काटिरहेको स्कूटीलाई बचाउन खोज्दा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको ट्रक अनियत्रित भई पल्टिदा भ्यानलाई किचेको बताएका छन् ।

सँगसँगै गुडिरहेको भ्यानको अगाडिको भाग तिर ट्रक पल्टिएकोले भ्यानमा सवार उनीहरुलाई किचेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.