ट्रक दुर्घटना हुँदा एककाे मृत्यु, एक घाइते

रिपोर्ट नेपाल | 2020 Jun 15 | 02:30 pm 2005

तनहुँ, असार १ः साेमबार पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा ट्रक दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सल्यान घर भएका अन्दाजी ३० वर्षीय विष्णु परियार रहेका छन् ।

ना ६ ख ६६५ नम्बरको ट्रक दुर्घटना हुँदा परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक (डिएसपी) युवराज तिमिल्सिनाले जानकारी दिए ।

मृत्यु हुने ट्रक चालक हुन भने गम्भीर घाइते हुनेमा सहचालक दाङ बेलैहाका सूर्य बुढाथोकी रहेको प्रहरीले जानकारी दिएकाे छ ।

उक्त ट्रक अरनिको इड्रिष्टिज प्रालिको लागि सिमेन्टको कच्चा पदार्थ ल्याउँदै गर्दा सडकदेखि करिब २५ फिट तल खसेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका निरीक्षक विकास थापाले बताए ।

घाइतेको आँबुखैरेनी स्थित छिम्केश्वरी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि अन्यत्र पठाउने तयारी भइरहेको छ । ट्रक सडकदेखि तल खोचमा खसेकोले उनीहरुको उद्दार गर्न नेपाल प्रहरी, नेपाली सेना र स्थानीयबासीले लामो प्रयास पछि उद्दार गर्न सफल भएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.