ट्युनिसियालाई ५-२ गाेलले हराउँदै बेल्जियम अन्तिम १६ मा प्रवेश

| 2018 Jun 23 | 07:55 pm 3779

मस्को, ९ असार :  विश्वकप समूह जी अन्तर्गत बेल्जियमले ट्युनिसियालाई ५-२ ले हराएको छ । बेल्जियमका लागि रोमेलु लुकाकु र एडेन हाजार्डले दुई /दुई गोल गरे ।

खेलको छैठौं मिनेटमा आफैंले जितेको पेनाल्टी मार्फत गोल गर्दै हाजार्डले बेल्जियमलाई अग्रता दिलाएका थिए । रोमेलु लुकाकुले १६ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे पनि ट्युनिसियाले पहिलो हाफमा एक गोल फर्काएको थियो ।

ट्युनिसियाका लागि डिलन ब्रोनले गोल गरेका थिए । तर लुकाकुले पहिलो हाफको अन्तिम समयमा फेरी गोल गर्दै स्कोर ३(१ पार्दै विश्वकप २०१८ मा आफ्नो चौथो गोल गरे ।

दोस्रो हाफमा हाजार्डले फेरी गोल गर्दै स्कोर ४(१ बनाए भने परिवर्तित खेलाडी मिची ब्याटसुवायीले इन्जुरी समयमा बेल्जियमको पांचौं गोल गरे । खेल सकिन केहि क्षण बाकिं छंदा ट्युनिसियाका वाबि खाज्रिले ट्युनिसियाका लागि सान्तवना गोल गरे ।

यससंगै बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको छ भने रोमेलु लुकाकु ४ गोलसंगै गोल्डेन बुटको दौडमा रोनाल्डोसंगै उभिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.