ट्याक्टर सहित अवैध काठ बरामद

रिपोर्ट नेपाल | 2022 Oct 24 | 07:50 am 1469

बर्दिया, कात्तिक ७ः प्रहरीले ट्याक्टर सहित अवैध काठ बरामद गरेकाे छ । प्रहरी चौकी जमुनीबाट प्रहरी बरिष्ठ नायक निरीक्षक मणिराम भट्टको कमाण्डमा खटिएको गस्ती टोलीले बरामद गरेकाे हाे ।

मिति २०७९।०७।०५ गते राति बर्दिया बढैयाताल गाउँपालिका २ जमुनी स्थित बाँके खजुरा गाउँपालिकावडा नं.५ बस्ने बर्ष २१ को राम सुरेश जदआलले चलाई ल्याएको भे.२ त. १८८५ नं. को ट्याक्टरको ट्रालीमा लोड गरी अबैध रुपमा ल्याउदै गर्दा नियन्त्रणमा लिएकाे हाे ।

सिसौ जातको काठ बरामद गरी ट्याक्टर, मानिस र बरामद भएको अबैध काठ सहित आवश्यक कारवाहीका लागि डिभिजन बन कार्यालय बर्दियामा बुझाईएको प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.