ट्याक्टर र मोटरसाइकल ठोक्किँदा कैलालीमा २ जनाको मृत्यु

रिपोर्ट नेपाल | 2021 Jan 31 | 09:40 am 1733

कैलाली, माघ १८ः गएरति  ट्याक्टर र मोटरसाइकल ठोक्किँदा कैलालीको घोडाघाडी नगरपालिका–१० पहलमानपुरमा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार २३ वर्षीय गोविन्द बुढा र १८ वर्षीय मानबहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए ।

प्रहरीका अनुसार म १ त ५४२ नम्बरको ट्याक्टरको पछाडि बा ९१ प ४०४ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका गोविन्द र मानबहादुरको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीले ट्याक्टर चालकलाई  नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.