ट्याक्टर दुर्घटना हुँदा उदयपुरमा बालिकाकाे मृत्यु

रिपोर्ट नेपाल | 2020 Jun 12 | 08:46 am 1786

उदयपुर, जेठ ३०ः जिल्लाको सदरमुकाम गाईघाटबाट अत्यावश्यक सामाग्री डिजल, जस्तापातालगायतका सामान बोकेर उदयपुरगढी गाउँपालिकाकाे नेपालटार तर्फ जाँदै गरेको ट्याक्टर बाघखोर भन्ने स्थानमा दुर्घटना हुँदा ट्याक्टरमा सवार एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिका वडा न. ६ की ९ बर्षीया बिबिषा पाण्डे रहेकी छन्  ।

स १ त ५१०७ नम्बरको ट्याक्टर बिहीबार साँझ अनियन्त्रीत भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

उक्त ट्यक्टरमा सवार सोही ठाउँकी सर्मिला तामाङ सामान्य घाईते भएको बताइएकाे छ,  ट्याक्टर चालकलाई भने प्रहरीले नियन्त्रणमा  लिएको जनाइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.