ट्याक्टर दुर्घटना हुँदा उदयपुरमा एककाे मृत्यु, चार घाइते

रिपोर्ट नेपाल | 2021 Jan 06 | 11:20 am 1805

उदयपुर, पुस २२ः गएराति ट्याक्टर दुर्घटना हुँदा उदयपुरमा एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका ७ कालिखोलाका २० बर्षीय चालक केशव बिक रहेका छन् ।

प्र २–०१–००१ त १०१७ नम्वरको ट्याक्टर उदयपुरको रौतामाई गाउँपालिका १ तालथुम्कीमा गाईघाटबाट नामेटार जाँदै गर्दा अन्यन्त्रित भई दुर्घटना हुँदा बिकको मृत्यु भएकाे हाे । उक्त ट्याक्टरमा सवार अन्य चार जना घाईते भएका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएका  बिकलाई उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेद प्रसाद गौतमले जानकारी दिए ।

घाईते हुनेहरुमा रौतामाई गाउँपालिका १ नामेटारका ४८ बर्षीय कर्मध्वज तामाङ, २१ बर्षीय सन्तोष तामाङ, ३५ बर्षीया ज्ञानमाया तामाङ र १९ बर्षीया सिता तामाङ रहेकी छीन् ।

उनीहरू चारै जनाको बिराटनगर स्थित नोबेल अस्पतालमा उपचार भईरहेको डिएसपी गौतममले जानकारी दिए ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.