टुसालमा बस दुर्घटना १७ भन्दा बढी घाइते

रिपोर्ट नेपाल | 2019 May 03 | 11:53 am 2201

काठमाडौं, वैशाख २०: शुक्रबार बिहान बौद्ध टुसालमा बस दुर्घटना भएको छ। आलापोटबाट रत्नपार्क आउँदै गरेको साँखु गणेश भैरव यातायातको बा ४ ख ५९३२ नम्बरको बस सडकमा पल्टिएर दुर्घटना भएको बौद्ध प्रहरीले जानकारी दिए।

दुर्घटनामा परी १७ भन्दा बढी यात्रु घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार बस अनियन्त्रित भएर पीच सडकमै पल्टिएको हो। बसका चालक भने नियन्त्रणमा रहेको प्रहरीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.