टुंगो लगायो नेकपाले जिल्ला कमिटी अध्यक्ष र सचिव

रिपोर्ट नेपाल | 2019 Apr 21 | 08:37 pm 1772

काठमाडौं, वैशाख ८ : नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालय बैठकले ७७ जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

नेकपाका शीर्ष चार नेताले गरेको गृहकार्यपछि सचिवालय बैठक बसेको थियो । जिल्ला तहको एकताबारे भोली सार्वजनिक गर्ने जानकारी दिए । जिल्लाको नेतृत्व र भ्रातृ संगठनको नेतृत्व एकीरकण गराउने पहल करिब १० महिनापछि निष्कर्षमा पुगेको छ ।

नेकपाको स्थापना दिवसको अवसर पारेर भोलि प्रज्ञा भवनमा हुने कार्यक्रममा जिल्लाको नेतृत्व घोषणा हुने यसअघि नै तयारी भएको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.