टीकाको दिन सेनाको बसले निःशुल्क यात्रु बोक्ने (रुटसहित)

रिपोर्ट नेपाल | 2019 Oct 04 | 03:41 pm 2165

काठमाडौं, असोज १७ : विगतका वर्षहरुमा जस्तै यो वर्षको टीकाको दिन नेपाली सेनाको बसले निःशुल्क रुपमा यात्रु बोक्ने भएको छ ।

दशैंका दिन सार्वजनिक सवारी कम चल्ने भएका कारण सर्वसाधरणलाई टीका लगाउन आउजाउ गर्न सहज होस भनेर सेनाले निःशुल्क रुपमा सेवा दिन लागेको हो ।

सेनाले असोज २१ गते टीकाका दिन काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधन न्यून मात्र सञ्चालन हुने भएकोले सैनिक तथा गैरसैनिक व्यक्तिहरुको आवागमनमा सुविधा पुर्‍याउने उद्देश्यले बस सेवा सञ्चालन गर्ने जानकारी दिएको छ ।

सेनाले उपत्यकाका विभिन्न सात वटा रुटहरुमा यी समयमा निःशुल्क बस सञ्चालन गर्ने व्यवस्था मिलाएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

हेर्नुस् यस्तो छ रुट व्यवस्था

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.