टिप्परको ठक्करबाट एक जनाको मृत्यु

| 2019 Apr 02 | 08:42 am 2294

बुटवल, चैत १९ : टिप्परको ठक्करबाट बुटवलमा एकजनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल धागो कारखाना नजिकै लु २ ख २२२५ नम्बरको टिप्परले लु २२ प ४९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा देवदह घर भई हाल बुटवल बहुमुखी क्याम्पस र सिद्धार्थ गौतमबुद्ध क्याम्पस बुटवलका स्वास्थ्य विषयका प्राध्यापक डोलराज अर्याल रहेको बुझिएको छ ।

गम्भीर घाइते भएको अर्याल उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सोमबार राति ८ बजेतिर मृत्यु भएको ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.