टिपरकाे ठक्करबाट मोटरसाइक सवार दाजुभाइको मृत्यु

रिपोर्ट नेपाल | 2018 Sep 05 | 03:04 pm 2469

धनुषा, भदौ २० : टिपरको ठक्करबाट धनुषामा आज दुई जनाको मृत्यु भएको छ । पुर्वपश्चिम राजमार्ग अन्र्तगत धनुषाको धारापानीमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा मोटरसाइकल सवार सवार दाजुभाइको मृत्यु भएको हो ।

मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका ४ बस्ने २५ वर्षीय विकास राई र २३ वर्षीय सचिन्द्र राई रहेको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१प ६१८९ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको स५प ९०४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दिएको थियो ।

ठक्कर दिने टिपर र चालकलाई इलाका प्रहरी कार्यालय धारापानीले नियन्त्रणमा लिएको छ । घटना लगतै केही समय राजमार्ग अवरुद्ध भएको थियो । प्रहरी शवलार्इ पोस्टमार्मको लागि जनकपुर अचल अस्पतालमा पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.