सोलुखुम्बु, माघ ५ः गएराति टिपर दुर्घटना हुँदा साेलुखुम्बमा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा दाधिङका अन्दाजी ३२ वर्षीय चालक कमल मगर, मकवानपुर बाग्मती गाउँपालिका -४का अन्दाजी ३२ वर्षीय रामकुमार मगर र सप्तरी सुरुङ्गा नगरपालिका -८ का १९ वर्षीय कृष्णलाल चौधरी रहेका छन् ।
बा ४ ख ७९८० नम्बरको टिपर सोलुदुधकुण्ड नगरपालिका -११ तिंलाबरडाँडा र नेचासल्यान गाउँपालिकाको सिमानामा पर्ने महादेव गित्ते भिरमा गएराति ११ बजे दुर्घटना भएको हो ।
यस्तै मकवानपुर बाग्मती गाउँपालिकाकै २३ बर्षिय रमेश मगर गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएका मगरलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी सहायक निरीक्षक कृष्णकुमार कट्वालले बताए।
दुर्घटना भएको टिपर दुधकोशी सोलुखोला -८६ मेघावाट जलविद्युत आयोजनाको निर्माण स्थलमा प्रयोग गरिदैँ आएको जनाईएको छ ।
टिपर सडकबाट अनियंत्रित भइ तीन सय मिटर तल खसेको जनाइएको छ । दुर्घटना परी मृत्यु भएकाको शव परिक्षण गर्नका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको प्रहरीले जनाएको छ ।