झापा प्रशासनले सवारी पास उपलब्ध गराएपछि पूर्वराजा ज्ञानेन्द्र परिवार काठमाडाैं आउँदै

| 2020 May 15 | 09:48 am 2249

काठमाडाैं, जेठ २ः झापा प्रशासनले सवारी पास उपलब्ध गराएपछि पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल झापाबाट काठमाडौंका लागि यात्रा गरेका छन् ।

पूर्वराजाले  बिहीबारनै सवारी पास उपलब्ध गराएका थिए । गृहमन्त्रालयको निर्देशनमा झापाका प्रमुख जिल्ला अधिकारीले उक्त पास रद्ध गरेका थिए र त्यसको सामाजिक सञ्जालमार्फत आम नागरिकले चर्को विरोध गरेका थिए।

पूर्वराजदम्पत्ती आफ्ना सहायक र सुरक्षा टोलीसहित शुक्रबार बिहान साढे आठ बजे दमकस्थित हिमालयन टी गार्डेनबाट काठमाडौं प्रस्थान गरेकाे बुझिएकाे छ । झण्डै दुई महिना अघि झापा गएका पूर्व राजा लकडाउनका कारण त्यही बसेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.