ज्यान मार्ने र गुण्डागर्दीका आरोपित भुजेल पक्राउ

रिपोर्ट नेपाल | 2023 Feb 21 | 07:36 am 1385

तनहुँ, फागुन ९ः तनहुँको आँबुखैरेनी स्थित इलाका प्रहरी कार्यालय आँबुखैरेनीले हत्या तथा गुण्डागर्दी गरेको आरोपमा  गोरखाका एक युवकलाई पक्राउ गरेको छ ।

गोरखाको पालुङटार–५ घर भएका ३३ वर्षीय  मधुराम भुजेल ‘गैँडे’  पक्राउ परेको प्रहरीले जनाएको छ । भुजेलले मङ्सिर १२ गते राति तनहुँको आबुँखैरेनी गाउँपालिका तल्लोबजारस्थित आबुँखैरेनी–गोरखा सडक खण्डमा विष्णुप्रसाद जोशीलाई धारिलो हतियार प्रहार गरेका थिए । ज्यान मार्ने उद्योग गरी फरार भएका भुजेललाई सोमबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

भुजेलले स्थानीय व्यापारीलाई पनि गुण्डागर्दी शैलीमा दुःख दिने गरेको प्रहरीले जनाएको छ । भुजेललाई तनहुँ जिल्ला अदालतबाट सोमबार  म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.