ज्यान मार्ने उद्योगको आरोपमा दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2018 Sep 18 | 08:13 am 2798

साँखु, असोज २: फरार दुई अभियुक्तलाई महानगरीय प्रहरी बृत बौद्धको प्रहरी टोलीले सोमबार पक्राउ गरेको छ ।

मोरङ केराबारी गाउँपालिका–३ का ३३ वर्षीय अर्जुन गुरुङलाई गत साउन १६ गते ज्यान मार्ने उद्देश्यले कुटपिट गरी फरार भएका दुई अभियुक्तलाई काठमाडौँ चुच्चेपार्टीबाट पक्राउ गरिएको प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए।

पक्राउ पर्नेमा मोरङ केराबारी–१० का २९ वर्षीय निराकार मगर र सोही ठाउँका २६ वर्षीय सन्देश तामाङ रहेका छन् । दुवै जना ज्यान मार्ने उद्योगमा पक्राउ पछि फरार रहेका थिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङ पठाइने महानगरीय प्रहरी बृत बौद्धले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.