अदालतमाथि सरकारले हस्तक्षेप गर्‍यो : सभापति देउवा

| 2018 Aug 03 | 06:46 pm 2669

काठमाडौं, साउन १६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई अस्वीकृत गरेर अदालतमाथिको हस्तक्षेप गरेको बताएका छन् ।

शुक्रबार  केन्द्रीय पार्टी कार्यालय सानेपामा कांग्रेसको भातृ संगठन ‘नेपाल मगर संघ’को दोस्रो महाधिवेशनलाई उद्घाटन गर्दै ओली सरकारले अदालतमाथि हस्तक्षेप गरी न्यायालयलार्इ कमजोर बनाउने खेल शुरु गरेको बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख रहेको संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका जोशीको नाम अस्वीकृत गर्नुले प्रधानमन्त्रीको नैतिकतामाथि नै प्रश्न उठेको समेत बताए।

शुक्रबार सुनुवाई समितिले जोशीको नाम अस्वीकृत गर्ने निर्णय गरेपछि कानुन ब्यवसायीहरुको छाता  संगठन नेपाल बार एशोसिएसनले विज्ञप्ति निकालेर न्यायपालिकालाई निर्देशन र नियन्त्रणमा राख्न खोजेको समेत बताएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.