जो बाइडेनलाई प्रधानमन्त्री ओलीद्वारा बधाई

रिपोर्ट नेपाल | 2020 Nov 08 | 07:49 am 4227

काठमाडाैं, कात्तिक २३ः अमेरिकाको ४६औं राष्ट्रपति जो बाइडनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई ज्ञापन गरेका छन्। प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत नवनियुक्त राष्ट्रपति बाइडनलाई बधाई ज्ञापन गरेका हुन् ।

नवनियुक्त राष्ट्रपति बाइडनसँगै कमला ह्यारिसलाई पनि प्रधानमन्त्री ओलीले बधाई दिएका छन् । कमला ह्यारिस अमेरिकी इतिहाँसकै प्रथम अश्वेत तथा महिला उपराष्ट्रपति हुन् ।

बाइडन र ह्यारिसलाई मेन्सन गर्दै प्रधानमन्त्री ओलीले लेख्नुभएकाे छ- हार्दिक बधाई तपाईँहरूको प्रभावशाली र ऐतिहासिक जीतमा । म हाम्रा दुई देशहरूबीच मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन नयाँ अमेरिकी नेतृत्वसँग नजिकबाट काम गर्ने आशा गर्दछु ।

No description available.

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.