जुवातास खेल्ने, खेलाउने हाेटल संचालक सहित १३ जना जुवाडे पक्राउ

| 2023 Aug 06 | 01:41 pm 1977

भक्तपुर, साउन २१ । हाेटलमा तास खेलिरहेको अवस्थामा काैशलटारबाट १३ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

 रामेछाप सुनपाति गाउँपालिका-५ घर भएका ४० वर्षीय प्रभु खड्काको ओम होटलमा जुवातास खेलिरहेको अवस्थामा हाेटल संचालक समेत १३ जनालाई  प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख १७ हजार ४ सय २५ रूपैयाँ र १० बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.