जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 May 14 | 04:48 pm 2066

काठमाडौं, वैशाख ३१: काठमाडौं महानगरपालिका–१६ बालाजु बसन्तनगरस्थित लमजुङ घर भएका ५७ वर्षीया देउ कुमारी गुरुङको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा देउ कुमारी गुरुङ सहित ६ जनालाई नगद २३ हजार ८ सय ८० रुपैयाँ र ३ बुक तास समेत प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित सुनसरी घर भएका ३४ वर्षीय हरि लिम्बुको हार्मोनियम गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा लिम्बु समेत गरी ९ जनालाई नगद ७१ हजार ५ सय ५५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको छ ।

त्यस्तै काठमाडौं, नागर्जुन नगरपालिका–२ गैरीगाँउस्थित सिंहबहादुर तामाङको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत गरी ८ जनालाई नगद ८५ हजार ६ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको छ ।
यस वषयमास्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.