काठमाडौँ ११ जेठ / काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित गुरुङसेनी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ।
धादिङ गंगा जमुना गाउँपालिका-६ घर भएकी ३२ वर्षीया सरस्वती गुरूङको गुरुङसेनी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालिका गुरुङ समेत ७ जनालाई बिहीबार प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई नगद ४७ हजार ४ सय ५० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले काठमाडौं, गोकर्णेश्वर नगरपालिका-४ माकलबारी बस्ने देबराज गिरीको घरमा जुवातास खेलिरहेको अवस्थामा मोरङ केराबारी घर भई काठमाडौं कपन बस्ने ३८ वर्षीया बिष्णू लिम्बु सहित १५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले उनीहरूलाई नगद २ लाख २३ हजार १ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।