काठमाडौं, भदाै २६ । काठमाडौं महानगरपालिका-१२ भोटेवहालस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सुचनाका आधारमा काठमाडौं छाउनी बस्ने भगवतीमाई गाउँपालिका-६, दैलेख घर भएका ३५ वर्षीय हिक्मत थापाको होटल रोटोमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं टेकु बस्ने भगवतीमाई गाउँपालिका-६, दैलेख घर भएका २२ वर्षीय लक्ष्क्षीराम रोकाया सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ७१ हजार २ सय रूपैयाँ र १६ बुक ताससहित पक्राउ गरेको हो ।