जुवाको खालबाट जुवाडे पक्राउ

रिपोर्ट नेपाल | 2018 Aug 04 | 06:20 pm 2742

मोरङ, साउन १९: विगत केहि समय देखि ठूलो रकमको जुवा तास खेल्ने गरेको सूचना पाएको प्रहरीले उर्लाबारी नगरपालिका ३ बस्ने प्रेमकुमार राईको घरमा छापा हान्दा जवाडेहरु सहित रकम नियन्त्रणमा लिएको छ ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार प्रेम कुमार राईको घरमा जुवातास खेलिरहेका ४० वर्षीय दिनेश थापा सहित ४ जनालाई नगद १ लाख १५ हजार ४ सय ३५ रुपैयाँ र ५ बुक तास सहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका जुवाडेहरुलाई आइतबार जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.