जुवाकाे खालबाट २५ जुवाडे रंगेहात पक्राउ

रिपोर्ट नेपाल | 2018 Nov 10 | 09:29 am 2686

अछाम, कात्तिक २४ : अछाम प्रहरीले २५ जना जुवाडे पक्राउ गरेको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर-३ विद्या मन्दिर मा.बि. नजिकै रहेको टेकबहादुर शाहीको घरमा जुवा खेल्दै गरेका २५ जना जुवाडे पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा पन्चदेवल नगरपालिका वडा न-५ का राकेश शाह पन्चदेवल नगरपालिका वडा- ४ बस्ने मीन बहादुर कडायत, वडा न-३ कापदम बहादुर शाही,वडा न -१ का चक्र तिमिल्सिना , सोही ठाउका पदम देवकोटा ,वडा नम्बर-३ का कृष्ण भक्त जैशी , वडा नम्बर- ४ -का चेतबहादुर शाही , वडा नम्बर- ३ का महेश जैशी , वडा नम्बर- १ का रुद्रप्रसाद तिमील्सैना , वडा नम्बर -३ सेरबहादुर बुढा , वडा नम्बर- २ का दिपेन्द्रबहादुर धामी , वडा नम्बर -५ का राजेन्द्र के.शी , वडा नम्बर -३ का नेत्रबहादुर शाही , वडा नम्बर -३ कै केशवराज अधिकारी , सोहिठाउँका चेतनबहादृुर बुढा रहेका छन् ।

यस्तै प्रकाउ पर्नेमा वडा नम्बर-२ बस्ने प्रेमक्रकाश शही , र्हकशहादुर शाही , दिपेन्द्र तिमील्सैना , वडा नम्बर ३का टोपेन्द्र शाही , वडा नम्बर -२ पहल धामी , वडा नम्बर -२ कै सैलेन्द्र तिमील्सैना , वडा नम्बर-२ का केश अधिकारी , वडा नम्बर -३ का शेरबहादुर आउजी , सोही ठाउँका टेकबहादुर रोकाया , वडा नम्बर -४ बस्ने अमर शाही वडा नम्बर- ४ मै बस्ने डब्बल बहादुर शाही र वडा नम्बर -३ बस्ने पुणए बहनदुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रकाउ परेका मध्ये केशव अधिकारी , रुद्रप्रसाद तिमिल्सैना , दिपेन्द्र धामी , पदमराज देवकोटा र डब्बल बहादुर शाहीलाई जिल्ला प्रहरीकार्यलयमा ल्याएको छ । पक्राउ पर्नेमा राजनीज्ञ,समाजसेवी, उचच अहोदाका व्यक्ति रहेको अछाम प्रहरीले जनाएको छ ।

गोप्य सूचनाका आधारमा मंगलसेन बाट गएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा रु४६ हजार ७ सय ५६ रुपैयाँ सहित उनीहरूलाई पक्राउ गरेको अछामका प्रहरी नायव उपरीक्षक डि एस पि जनक बहादुर शाहीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.