जुवा खेलीरहेको अवस्थामा ५ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Oct 21 | 07:07 pm 3730

दाङ, कात्तिक ४: अवैध रुपमा जुवा खोलिरहेको अवस्थामा पाँच जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला रोल्पा माडी गाउँपालिका ४ घर भई हाल दाङ घोराही उपमहानगरपालिका १५ मिलनचोक स्थित बाल्मि केसीको घरमा डेरा गरी बस्ने २९ वर्षीय कोनिमबहादुर भण्डारीले आफ्नै कोठामा तास खेलाईरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरी टोलीले कोठावाला कोनिमबहादुर भण्डारी सहित ५ जनालाई २ गड्डी तास र ७४ हजार ५ सय ६० रुपैयाँ सहित पक्राउ गरेको प्रहरीले जानकारी दिए ।

अन्य पक्राउ पर्नेमा रोल्पा लुङ्ग्री गाउँपालिका ३ का ३२ वर्षीय प्रेमबहादुर बिष्ट, थवाङ गाउँपालिका १ का ३0 वर्षीय कमल बिक, दाङ घोराही उपमहानगरपालिका १३ का ३६ वर्षीय केशवबहादुरडाँगी र १३ वर्षीय श्यामलाल कामी रहेका छन् ।

उनीहरुलाई मूलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १ सय २५ को (जुवा सम्वन्धी) कसुरमा मुद्दा दर्ता भई आवश्यक कारवाही अगाडी बढाइने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.