जुम्लाको त्रिवेणीमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

रिपोर्ट नेपाल | 2023 Jan 05 | 06:52 pm 1393

जुम्ला, पुस २१ः कर्णाली राजमार्ग अन्तर्गत जुम्लाको त्रिवेणीमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी यमबहादुर बुढामगरका अनुसार क १ स ११ नम्बरको जुम्लादेखि नाग्म जाँदैगरेको अटो दुर्घटनामा परी जुम्ला तातोपानी १ निवासी २९ बर्षीय पुरन सार्कीको घटनास्थलमा मृत्यु भएको छ ।

त्यस्तै, जुम्ला तिला गाउँपालिका –३ थापागाउँका २० बर्षीय आकाश थापाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सार्कीको घटनास्थलमा र थापाको उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मृत्यूभएको छ ।

प्रहरीका अनुसार अटोले पाउरोटी ओसारपसार गर्दैआएको थियो । यसैगरी अटो कर्णाली राजमार्गबाट १० देखि १५ मिटर तल तिला नदीको छेउमा खसेको थियो । आज दिउँसो २ बजे अटो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.