जुम्ला, माघ १४ः तिला गाउँपालिका–६ को गोठीगाउमा भीषण आगलागी भएको छ । मंगलबार लागेको उक्त आगलागीबाट ३० घर जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी माधव प्रसाद काफ्लेका अनुसार लामाे समयसम्म पनि उक्त नियन्त्रणमा आउन सकेको थिएन ।
डीएसपी काफ्लेका अनुसार तिला गाउँपालिकामा रहेको प्रहरी टोली घटनास्थलमा पुगेका र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका बताइएकाे छ ।
उक्त स्थानमा पानीको समस्या भएको कारण पनि आगो नियन्त्रणमा ल्याउन समस्या भएको बुझिएकाे छ ।