जुत्ता, चप्पल, व्यापार मेला तथा प्रर्दशनी शुरू

| 2021 Feb 04 | 08:26 am 2993

काठमाडौं, माघ २२ः जुत्ता, चप्पल, व्यापार मेला तथा प्रदर्शनी २०७७ शुरु भएको छ । स्वदेशी वस्तुको प्रर्वद्धन हाम्रो अभियान भन्ने नाराका साथ भृकुटीमण्डपमा मेला सञ्चालन भएको हो, फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले कोभिडपछि गरेको यो पहिलो बृहत् मेला हो ।

मेलामा फिटराइट, ल्यान्डवाक, फ्रस्टवाक/आगास, कोशेली, रन, सुल्यान्ड, हाइलाइफ, क्रसरोड, रोयल सुज, बिएफ डियरहिल, गोल्डस्टार, बोस सुज, किम सुज, भेनस, फुट स्टेप, शिखर सुज, व्याम्बो सुज, पीजीलगायतका ब्रान्ड सहभागी छन् । मेला आगामी फागुन १० गतेसम्म रहनेछ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.