जीवित कछुवा खरिद बिक्री तथा ओसारपसार गर्ने एक पक्राउ

रिपोर्ट नेपाल | 2018 Nov 19 | 05:27 pm 3092

काठमाडाै‌‌, मंसिर ३ : जीवित कछुवा खरिद बिक्री तथा ओसारपसार गर्ने एक पक्राउ परेका छन् । अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोली ललितपुर महानगरपालिका वडा नं ७ ग्वार्कोबाट दोलखा भिमेश्‍वर नगरपालिका वडा नं- २ का १८ वर्षीय रशिक श्रेष्ठलाई पक्राउ गरेको हो ।

जीवित कछुवा खरिद बिक्री गर्नका लागि साथमा बोकी राखेको अवस्थामा जीवित १२ वटा जीवित कछुवासहित पक्राउ गरेको सिआईबीले जनाएको छ । श्रेष्ठलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय ललितपुरमा बुझाई सकेको समेत सिआईबीले जनाएको छ।

उनलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा साइटिस महासन्धि, १९७५ विरुद्धको अपराधविरुद्धको मुद्दा लाग्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.