जीपबाट खसेर बैतडीमा एकको मृत्यु

रिपोर्ट नेपाल | 2019 Oct 28 | 04:35 pm 1586

बैतडी, कात्तिक ११: जीपबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–७ किम्तोलीका १५ वर्षीय सुवास चन्द रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिए ।

उनी आइतबार किम्तोलीबाट डडेल्धुरातर्फ जाँदै गरेको म१ज १६८ नं को जीपमा यात्रा गर्दा चन्द खसेर घाइते भएका थिए । उनको सोमबार मृत्यु भएको हो ।

जीपको पछाडि झुण्डिएर यात्रा गरिरहेका चन्द खसेर घाइते भएको खडायतले बताए । घटनाबारे जानकारी लिन इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा गएको प्रहरी निरीक्षक किसन चन्दले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.