जीपकाे ठक्करबाट गम्भीर घाइते भएकी महिलालाई हेलिकप्टरबाट काठमाडाैँ ल्याइयाे

रिपोर्ट नेपाल | 2019 Jan 27 | 03:01 pm 1526

बागलुङ,  माघ १३ : बागलुङ नगरपालिका–२ हल्लनचोकमा तीव्र गतिमा आएको जीपले ठक्कर दिँदा एक महिला गम्भीर घाइते भएकी छन् । बिहान तीव्र गतिमा पोखरा तर्फ जाँदै गरेको ग १ ज ५२९९ नम्बरको जीपले प्रभु बैँकमा कार्यरत २६ वर्षीया ज्योति सापकोटालाई ठक्कर दिएको हो ।

जीपले सापकोटालाई ठक्कर दिएपछी केही परसम्म घिसार्दै लगेको प्रत्यक्षदर्शीले बताएका छन् । घाइते सापकोटालाई धौलागिरी अञ्चल अस्पतालमा उपचारका लागि लगिएपनि उनको गम्भीर अवस्थालाई मध्यनजर गरी एअर डाइनेस्टीको हेलिकप्टरमा काठमाडाै‌ँको टिचिङ अस्पताल ल्याइएकाे छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार जीप चालक अर्जुन बस्नेत र जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक कार्यालय बागलुङले दुर्घटना न्यूनीकरण गर्न जति सक्रियता र सजगता देखाएपनि सवारी चालकहरूको लापरबाहीका कारण सडक दुर्घटना हुने क्रम नरोकिएको बताएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.