जीप दुर्घटना हुँदा बैतडीमा एकको मृत्यु, ६ घाइते

रिपोर्ट नेपाल | 2020 Mar 08 | 09:38 am 1709

बैतडी, फागुन २५: जीप दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दार्चुला दुहु गाउँपालिका वडा नं २ का ३६ वर्षीय चालक धनसिंह बडाल रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रदेश नं ७ ००१ ज १२५७ नं को जिप धनगढीबाट दार्चुला तर्फ जादै गदा दशरथचन्द राजमार्गको पाटन नगरपालिका वडा नं ६ घट्टीगाडमो दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी घाइते हुनेमा दुहु गाउँपालिका ४ खिमडीका २३ वर्षीय सुरेन्द्र बम, दुहु गाउँपालिका २ हिकिलाका ३८ वर्षीय हर्क सिंह बडाल, दुहु गाउँपालिका ४ का ४१ वर्षीय प्रेम बल्लब जोशी, सोहि ठाँउका ४१ वर्षीय धन राज जोशी रहेका छन् ।

यसैगरी दुहु गाउँपालिका ४ कै २० वर्षीया हेमन्ती बम, दुहु गाउँपालिका ३ खेतीकी २२ वर्षीया द्रोपदी जोशी पनि घाइते भएका छन् ।

घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा समान्य उपचारपछि रेफर गरिएको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज बीरभद्र खडायतले जानकारी दिए ।

दुर्घटना विहान तीन बजे भएको थियो । जिप सडकबाट करीब ३ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.