जीप दुर्घटना हुँदा पर्वतमा एक युवतीको मृत्यु

रिपोर्ट नेपाल | 2020 Dec 30 | 08:24 pm 1925

पर्वत, पुस १५ः जलजला गाउँपालिका ९ बनौँमा बुधबार जीप दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा  जलजला–६ शालिजाकी २३ वर्षीया कौशिला पुर्जा रहेकी छन् । दर्घटनामा परी गम्भीर घाइते भएकी उनीकाे उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

ग २ च ६३७९ नंको जीप कुश्मा–बनौँ सडक खण्डमा दुर्घटना हुँदा जीपमा सवार तीन जनामध्ये पुर्जाको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जानकारी दिएको छ ।

जीपका सवारी चालक जलजला–८ नाग्लिवाङका पुर्षोत्तम चापागाई, वडा नं ९ बनौँ घर भई सोही जीपका सहचालक यमन गर्बुजा सामान्य घाइते छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

सडकमा गुडिरहेको जीप सडकबाट करिब २०० मिटर तल पुगेर भिरमा रहेको रुखमा अल्झिएको अवस्थामा रहेको छ । रुखका कारण ठूलो दुर्घटनाबाट जोगिए पनि उपचारका क्रममा युवतीको मृत्यु भएको जलजला–९ का वडाध्यक्ष गौबहादुर पुनले जानकारी दिए।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.