जीप दुर्घटना हुँदा डोल्पामा एक जनाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Mar 04 | 11:48 am 2103

डोल्पा, फागुन २१: जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीबाट सदरमुकाम दुनैजाने क्रममा भित्तामा ठोक्किएर जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

उक्त दुर्घटनामा परि मृत्यु हुनेमा ठुलिभेरी नगरपालिका वडा नं ५ हुँ गाउँका २३ बर्षीय चालक पञ्चे बहादुर बुढाको रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए।

भे १ च २४६४ नम्बरको जीप बुधबार बिहान ७ बजेर १५ मिनेट तिर दुर्घटना भएको बताइएको छ । दुर्घटनामा परी गम्भीर घाइेत भएका बुढाको उपचारका क्रममा जिल्ला अस्पताल डोल्पामा मृत्यु भएको प्रहरीले बताएको छ।

जिप सडकबाट दुईसय मिटर तल खसेर भेरीको किनारमा पुगेको छ। घटना कसरी घट्यो भन्ने बिषयमा अनुसन्धान गर्न प्रहरी नायव निरीक्षकको टोली घटनास्थलमा पुगेको प्रहरी नायव उपरीक्षक रञ्जितकारले बताए।

दुर्घटनाग्रस्त जिपमा चालक बुढामात्रै सवार रहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.