जिल्लाको कमाण्डर बन्न शक्तिकेन्द्रको शरणमा एसपीहरु

रिपोर्ट नेपाल | 2023 Jun 02 | 02:01 pm 3805

काठमाडौं, जेठ १९ । निकट भविष्यमा हुने नेपाल प्रहरीका उपरीक्षकको सरुवाका लागि मालदार जिल्ला जानका लागि अहिले देखि नै एसपीहरुको अस्वस्थ्य चलखेल शुरु भएको छ ।

कुन एसपीको कहिले सरुवा हुन्छ र इन्चार्ज जान पाइएला भनेर महिना गणना गरेर बस्ने एसपीहरु शक्ति केन्द्रमा धाउन थालेका छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुरुका दिनमा आदर्श छाटे पनि यतिखेर एसपी सरुवाको लागि विभागीय भन्दा उनका निकटका मान्छेले चासो देखाइरहेका छन् । रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार कुन एसपीलाई कहाँ र कसरी पठाउने विषयमा तिनजना बाहिरी मान्छेले होमवर्क गरेको बताइन्छ । यसरी होमवर्क गर्नेमा मन्त्री श्रेष्ठका दाजु नेपाल प्रहरीबाट विशिष्ट श्रेणीमा अवकास प्राप्त एक व्यक्ति र एक महिलाले सकृयता देखाइरहेका छन् ।

सुनसरी, इलाम, नुवाकोट, उदयपुर, कपिलवस्तु, रौतहट, मकवानपुर, बारा, कास्की लगायतका जिल्लाका एसपीको छिटै सरुवा हुने भएको छ । जिल्लाको इन्चार्ज बन्नका लागि एसपीहरु तिनै व्यक्तिको कोठा चोटामा रवाफ र प्रभाव पार्न धाउन थालेका छन् । विगतमा इन्चार्ज हुँदा बदनाम कमाएका प्रायः एसपी यस्तो दौडधुपमा लागेका छन् ।

इन्चार्ज हुुँदा वा संगठनले दिएको जिम्मेवारीलाई सहजरुपमा पुरा गर्ने र अहिले काम विहिन बनाइएको क्षमतावान एसपीहरु संगठनले मूल्याङ्कन गर्ने कुरामा आशावादी रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.