जिप्रका कञ्चनपुरद्वारा अनिश्चितकाल कर्फ्यू

रिपोर्ट नेपाल | 2020 Mar 22 | 05:39 pm 2041

कञ्चनपुर, चैत ९: जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अनिश्चितकालका लागि ‘कर्फ्यू’ जारी गरेको छ।

विश्वभर फैलिएको कोभिड १९ को संक्रमण नेपालमा भित्रन नदिन उच्च सतर्कता अपनाउन प्रशासनले आइतबार राति १२ बजेदेखि कर्फ्यू लगाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले सतर्कताका लागि कर्फ्यू लगाउने निर्णय भएको बताए।

उक्त कर्फ्यु अवधी कहिलेसम्म भन्ने निश्चित समय तोकिएको छैन। प्रजिअ अधिकारीले बताए अनुसार कहिलेसम्म भन्ने छैन, अनिश्चित हो। जिल्लाभर नै हुन्छ।

सुरक्षा समितिको आइतबारको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको हो। बैठकले भारतसँगको गड्डाचौकी नाका पनि मंगलबार बिहान ७ बजेदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको बुझिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.